पथरी, ८ मंसिर । मोरङको खदम खोलाबाट क्रसर उद्योगीले मापदण्ड विपरीत ढुङ्गा –गिट्टी उत्खनन गरिरहेका छन् ।
स्रोतसाधन समिति र क्रस उद्योगीबीच डेढ मिटरको गहिराइसम्म मात्र उत्खनन गर्ने पाइने सम्झौता गरेको थियो । तर क्रसर उद्योगीले पाँच मिटरसम्म गहिराइ बनाएर ढुङगा–गिट्टी उत्खनन गर्ने गरेका छन् ।
मापदण्ड विपरीत क्रसर उद्योगीहरुले ढुङ्गा–गिट्टी उत्खनन गर्दा खदम खोलाबाट लगिएका सातवटा नहर क्षतिग्रस्त भएको स्थानीय टेकबहादुर थपलियाले बताउनुभयो ।
खदम खोलामा कृष्ण क्रसिङ र महादेवा मिनरल्सले गहिरिने गरी उत्खनन गरिरहेको थापाको आरोप छ ।
सातवटा नहरबाट एक हजार २०० बिघा जमिन सिञ्चित गर्छ ।
तर जिल्ला विकास समिति मोरङका स्थानीय विकास अधिकारी नारायण मैनालीले चाँडै अनुगमन थालिने बताउनुभयो ।















प्रतिक्रिया