१ कार्तिक २०८३, आइतबार

तनहुँमा पुल बनेपछि हजारौँ लाभान्वित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tanahu-1तनहुँ, ८ मंसिर । तनहुँ जिल्लाको क्यामिन गाविस–३ स्थित दुलैपानी र श्याम्घा गाविस–६ जोड्ने ३५५ मी लामो झोलुङ्गेपुल बनेपछि हजारौँ बासिन्दा लाभान्वित भएका छन् ।

कुल दुई करोड २६ लाखको लागतमा निर्माण गरिएको अङ्ग्रेजी ‘एन’ आकारको सो पुल निर्माणपछि व्यासनगरपालिका–६ चिन्टुटार, क्यामिन गाविस र श्याम्घा गाविसका गरी करिब हजारौँ बासिन्दा लाभान्वित भएका हुन् ।

उक्त पुलको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले उद्घाटन गर्नुभएको थियो ।