१ कार्तिक २०८३, आइतबार

प्रथम महिलालाई भक्तपुर घुमाउने जिम्मा सुजातालाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sujataकाठमाडौँ, ७ मंसिर । आगामी बुधबार र बिहीबार काठमाडौँमा आयोजना हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८औं शिखर सम्मेलनमा भाग लिन आउने सदस्य मुलुकका राष्ट्राध्यक्ष वा सरकार प्रमुखका प्रथम महिलालाई भक्तपुर दरबार क्षेत्र घुमाइने भएको छ ।

सार्कका विशिष्ट पाहुना प्रथम महिलालाई बिहीबार बिहान ऐतिहासिक एवम् पुरातात्विक महत्वको भक्तपुर दरबार क्षेत्र र आसपासका दर्शनीयस्थलको अवलोकन गराइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव अम्बिकादेवी लुइँटेलको रेखदेखमा उहाँहरूलाई भक्तपुर दरबार क्षेत्रको अवलोकन गराइनाका साथै भक्तपुर उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने हस्तकला प्रदर्शनीमा सहभागी गराइने छ ।

तौमडी मन्दिर र वरपरको दृश्यावलोकनसँगै सोही स्थानमा सङ्क्षिप्त साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने भएको छ ।

सार्क सम्मेलन आयोजक राष्ट्रका सरकार प्रमुख सुशील कोइरालाका तर्फबाट प्रथम महिलाको भूमिका निर्वाह गर्ने सभासद् सुजाता कोइरालाले प्रथम महिलालाई भक्तपुर दरबार क्षेत्रमा स्वागत गर्नुहुनेछ ।

सोही स्थानमा उहाँहरूलाई भक्तपुर जिल्लाका सभासद्, प्रजिअ, स्थानीय विकास अधिकारी, भक्तपुर जिविस र भक्तपुर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृतले स्वागत गर्ने कार्यक्रम छ ।

सार्क देशका तीन  राष्ट्राध्यक्ष र चार सरकार प्रमुखका साथ प्रथम महिलाहरु मङ्गलबार राजधानी आइपुग्ने कार्यक्रम छ ।