६ कार्तिक २०८३, शुक्रबार

मोदीले सबैलाई जिल्लाइदिए, काठमाडौं बाहिर नजाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Modiकाठमाडौं, ७ मंसिर । भारतीय विदेश मन्त्रालयलले अन्ततः प्रधानमन्त्री नरेन्द्र मोदीको काठमाडौं बाहिरका सबै भ्रमण रद्द गरेको छ ।

मन्त्रालयका प्रवक्ता सयद अकबरुद्धिनले प्रधानमन्त्री मोदी सार्क शिखर सम्मेलनमा मात्र सहभागी हुने जानकारी गराएका छन् ।

आफ्नो ट्वीटरमार्फत सयदले सो जानकारी गराएका हुन् ।

भारतीय समयअनुसार सयदले आज बिहान आठ बजेर ३१ मिनटमा उनले ट्वीटमार्फत मोदीको सार्कबाहेकका सबै कार्यक्रम रद्द भएको जनाएका हुन् ।

भारतको आफ्नै कारणले प्रधानमन्त्री मोदी सार्कमा मात्र सहभागी हुने उनको भनाइ छ ।

मोद अब जनकपुर, लुम्बिनी र मुक्तिनाथको दर्शनका लागि जाने छैनन् । उनी काठमाडौंमा हुने सार्क सम्मेलनमा मात्रै सहभागी हुने छन् ।

मोदीको जनकपुर भ्रमणलाई लिएर विवाद उत्पन्न हुनुका साथै सत्ता पक्ष र प्रतिपक्षबीच जुहारी नै चलेको थियो ।