झापा, ७ मंसिर । झापामा एमालेका सभासद् प्रेम गिरी मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् ।
केर्खामा आयोजित कार्यक्रममा सहभागी भएर एमालेका जिल्ला कमिटी सदस्य शिव ढुङ्गेलले चलाएको मे ३ प ८९६८ नम्बरको मोटरसाइकलको पछाडि बसेर घर फर्कदै गर्दा सभासद गिरी शनिबार साँझ दुर्घटनामा परेका हुन् ।
सतासीधाम–८ माइधारमा भैसीसँग ठोकिँदा सभासद गिरी र ढुङ्गेल दुबै दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
घाइतेको बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।















प्रतिक्रिया