कपिलवस्तु (तौलिहवा), ६ मंसिर । पूर्व सञ्चार तथा कृषिराज्य मन्त्री राघवेन्द्र प्रताप शाहको ८० वर्षको उमेरमा निधन भएको छ ।
बहादुरगन्ज निवासी शाहको उपचारका क्रममा भारतको लखनउस्थित नेरा अस्पतालमा शुक्रबार निधन भएको हो ।
हृदयाघात रोगबाट ग्रसित शाहको यही रोगका कारणले मृत्यु भएको परिवारले जनाएको छ ।
विक्रम संवत् १९९२ कात्तिक ३० मा जन्मेका शाह पञ्चायती कालमा सञ्चार तथा सूचना राज्यमन्त्री बन्नुभएको थियो । पाँचपटक जिविस सभापति बन्नुभएका उहाँ पछिल्लो समय जिल्लामै रहनु भएको थियो ।
क्षेत्र नं ५ स्थित कृष्णनगर, बहादुरगञ्जको विकासमा उहाँको ठूलो योगदान रहेको स्थानीयले बताए । उहाँको शवलाई बहादुरगञ्ज बजार परिक्रमा गराइएको र साँझ सुरई नदीमा अन्त्येष्टि गरिने बताइएको छ । शाहका श्रीमती, एक छोरा र चार छोरी रहेका छन् ।















प्रतिक्रिया