१ कार्तिक २०८३, आइतबार

दलले चाहे भने दुई घण्टामा विवाद सुल्झाउन सक्छन्ः सभामुख

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Subas Nembangकाठमाडौँ, ६ मंसिर । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले दलहरूले चाहेमा दुई घन्टामा विवाद सुल्झाएर माघ ८ भित्र नै संविधान जारी गर्न सकिने बताउनुभएको छ ।

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १५ औँ वार्षिक साधारणसभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष नेम्वाङले ४/५ दिनदेखि दलहरूबीचको विवाद चुलिएको बताउँदै उनीहरूलाई सहमतिमा ल्याउने हो भने तोकिएको समयमै संविधान बन्ने उल्लेख गर्नुभयो ।

केही विषयमा मात्रै सहमति हुन बाँकी रहेकाले दलहरूले सार्क सम्मेलन अगावै अर्थात् यही मङ्सिर १० गतेभित्र संविधानको विषयलाई टुङ्ग्याउनुपर्ने उहाँको भनाइ थियो ।

सभासद्हरू बालकृष्ण खाँड, ओमदेवी मल्ल, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव श्रीधर गौतम, सहकारी विभागका रजिस्टार विष्णुहरि पौडेल र राष्ट्रिय सहकारी सङ्घ लिमिटेडका पूर्वअध्यक्ष दीपकप्रकाश बाँस्कोटाले अहिले मुलुकले शान्ति, संविधान र समृद्धि खोजिरहेको र समृद्धिको काम सहकारीले गरिरहेको बताउँदै सहकारीले दूरगामी दृष्टि राखेर आफ्नो योजना अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा संस्थाले तीन करोड ३३ लाख ८० हजार राजस्व बुझाएको जानकारी दिनुभयो ।