रौतहट, ६ मंसिर । काठमाडौँबाट गौर जाँदै गरेको बा २ ख ६२३४ नम्बरको तुलसी यातायातको बस पूर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुर सडक खण्डमा शनिबार बिहान दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।
बस राजमार्ग छेउमा रहेको आँपको रुखमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका कैलास नायक र सतनारायण साहलाई उपचारका लागि काठमाण्डौ पठाइएको छ । उनीहरुको अवस्था गम्भीर छ । बसका चालक इनर्जी चौधरी फरार छन्















प्रतिक्रिया