८ कार्तिक २०८३, आइतबार

पच्चीस किलो चरेससहित कैलालीमा दुई पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hatkadiधनगढी, ६ मंसिर । कैलालीको अत्तरिया नगरपालिका वडा नं ४ बाट प्रहरीले दुई जनालाई २५ किलो लागुऔषध चरेससहित शुक्रबार पक्राउ गरेको छ ।

अत्तरिया नगरपालिका वडा नं ४ का दलबहादुर बोहराको घरमा लागुऔषध चरेस बिक्रीका लागि सञ्चय गरी राखिएको भन्ने सूचनाका आधारमा गएको जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले बोहराको घर खानतलासी गर्दा उक्त परिमाणको चरेससहित दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अभियुक्त बझाङ जिल्ला दहबगर गाविस वडा नं २ घर भई हाल कैलाली सहजपुर गाविस बस्ने महावीर बोहरा र दहबगर घर भई हाल डडेलधुरा जिल्ला जोगबुढा गाविस बस्ने कर्णबहादुर धामीलाई चरेससहित शुक्रबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो ।