६ कार्तिक २०८३, शुक्रबार

भारतीय प्रधानमन्त्रीको जनकपुर भ्रमण रद्द भएको भन्दै जनकुपर बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modiजनकपुरधाम, ५ मंसिर ।  भारतीय प्रधानमन्त्री नरेन्द्र  मोदीको जनकपुर भ्रमण रद्द गरिएको विरोधमा शुक्रबार जनकपुर बन्द गरिएको छ ।

जनकपुरवासी र २२ दलीय मोर्चाका प्रतिनिधिले बिहानैदेखि भारतीय प्रधानमन्त्रीको भ्रमण रद्दविरुद्ध प्रदर्शन गरिरहेका छन् ।

बन्दका कारण उद्योग व्यवसाय, विद्यालय, यातायात प्रभावित भएको छ भने बजारमा व्यापक सुरक्षाकर्मीको परिचालन गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द गरिएपछि २२ दलीय संघीय गणतान्त्रिक मोर्चा सहित स्थानीयवासीले  जनकपुर बन्द गराएका हुन् ।

जनकपुरमा नागरिक अभिनन्दन कहाँ गर्ने भन्नेमा एमाओवादी र मधेवादी दलले विवाद झिकेपछि भारतीय राजदूतावासले मोदीको भ्रमण रद्द भएको जानकारी गराएको थियो ।