९ कार्तिक २०८३, सोमबार

महोत्तरीमा वृद्धाको शव उखुवारीमा फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahotaari-jilla-final10महोत्तरी, ४ मंसिर । महोत्तरीको हात्तिलेट– १ मा एक वृद्धको शव फेला परेको छ ।  उखुबारीमा ६५ वर्षीय वृद्धको शव फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक चन्देश्वर यादवले बताए ।

मृतकको नाम वतन खुल्न नसकेका वृद्धाको शव बुधबार फेला परेको प्रहरीले जनाएको छ । वृद्धा उखु खेतमै करीब २० दिनअघिदेखि बस्दै आएको घटनाको प्रकृतिले देखाएको प्रहरी भनाइ छ ।

मृत्तकले दिमागी सन्तुलन गुमाएकाले बाटो भुलेर उखुबारीमै भोकले मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । सिलाएको हरियो लुङ्गी लगाएका उनको साथबाट नवाज पढ्दा लगाउने टोपी फेला परेको छ ।