२९ आश्विन २०८३, बिहिबार

भारतीय अर्बपति रेड्डीमाथि गोली प्रहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

goli-prahar-pestolमुम्बई, ३ मंसिर । भारतीय एकजना अर्बपति व्यावसायीमाथि बुधबार एक अज्ञात व्यक्तिले गोली प्रहार गरेको समाचार छ ।

भारतको एक ठूलो औषधि कम्पनी औरोबिन्दो फर्माका उपाध्यक्षमाथि सो हमला भएको बताइएको छ । तर उहाँले गोली छल्नुभएको र त्यसपछि आक्रमणकारी पनि भागेको प्रहरीले जनाएको छ ।

हैदरावादको बन्जरा हिलमा उहाँको निवासबाहिर नै उहाँमाथि गोली चलाइएको थियो । सो स्थानमा भारतका उद्योगी व्यवसायी एवम् धनाढ्य व्यक्ति बस्ने गर्दछन् ।

उक्त फर्माका निर्देशक तथा उपाध्यक्ष के नित्यानन्द रेड्डीमाथि गोली चलाइएको प्रहरीले जनाएको छ । बिहान आफ्नै निवासअघि कार चढ्ने क्रममा ५६ वर्षीय रेड्डीमाथि गोली हानिएको थियो ।
आक्रमणकारीले घटनास्थलमै एके ४७ राइफल छोडेर भागेको बताइएको छ । रेड्डी भारतीय वरिष्ठ उद्योगीको सूचीमा पर्नुहुन्छ । रासस/सिन्ह्वा