२९ आश्विन २०८३, बिहिबार

राज्यलाई सबै भन्दा बढी कर तिर्ने संस्थामा एनसेल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ncellकाठमाडौँ, १ मंसिर । आन्तरिक राजश्व विभागले एनसेललाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको छ ।

सोमबार राजधानीमा तेस्रो कर दिवसको अवसरमा आयोजित कार्यक्रममा विभागले नेपाल टेलिकमलाई समेत पछि पार्दै राज्यलाई सबै भन्दा बढी आयकर बुझाउने निजी क्षेत्रको कम्पनी बनेको एनसेललाई सम्मान गरेको हो । उक्त कम्पनीलाई अर्थमन्त्री डा. रामशरण महतले सम्मान गर्नुभएको हो ।

त्यसैगरी सिद्धार्थ समसेर राणा पारिश्रमिकबाट सबैभन्दा बढी आयकर बुझाउने व्यक्ति बन्नु भएको छ । राणा सिप्रदी ट्रेडिङ प्रालिका अध्यक्ष हुनुहुन्छ ।

अघिल्लो वर्ष नेपाल टेलिकम सबैभन्दा बढी आयकर बुझाउने कम्पनी बनेको थियो । यो वर्ष टेलिकम सबैभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) बुझाउने कम्पनीमा चाँही टेलिकम बनेको छ ।

विभागले कर दिवसको अवसर पारेर आर्थिक वर्ष २०७०/७१ मा राज्यलाई धेरै कर बुझाउने व्यक्ति तथा कम्पनीको सार्वजनिक गरेको नाम अनुुसार वित्तीय सेवातर्फ नबिल बैंक सबै भन्दा अगाडि देखिएको छ ।

सिप्रदी ट्रेडिङ प्रालि व्यापार व्यवसायबाट सबैभन्दा बढी आयकर बुझाउने कम्पनीमा परेको छ । निर्यात व्यवसायबाट किरण सुज म्यानुफ्याक्चर प्रालि परेको छ भने होटल व्यवसायबाट सबैभन्दा बढी आयकर बुझाउनेमा सोल्टी परेको छ ।

ओम हस्पिटल एन्ड रिसर्च सेन्टर स्वास्थ्य सेवातर्फ सबैभन्दा बढी आयकर बुझाउनेमा परेको छ । वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल डाक्टरहरुमध्येबाट सबैभन्दा बढी आयकर बुझाउने नागरिक बन्नुभएको छ ।

उड्यन क्षेत्रबाट बुद्ध एयर, औषधी उद्योगबाट देउराली जनता फर्मासिटिकल्स, रेमिट्यान्स कम्पनीबाट इन्टरनेसनल मनि एक्सप्रेस (आइएमइ) परेको छ ।  कानून व्यवसायीबाट पायोनियर एसोसिएट्स, शिक्षा सेवाबाट काठमाडौं मेडिकल कलेज परेको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) कर संकलनमा सहयोग पुर्‍याएवापत सम्मानित भएको छ ।