ब्रिसबेन, ३० कात्तिक आगामी जि२० को सम्मेलनको चीनले आतिथेय गर्ने समाचार प्राप्त भएको छ ।
सन् २०१६ मा हुने सो सम्मेलनको आयोजना चीनले गर्ने भएको हो । हाल अष्ट्रेलियाको ब्रिसबेनमा भईरहेको सो सम्मेलनका सदस्य राष्ट्रहरुले आगामी सन् २०१६ मा हुने जि२० सम्मेलन चीनमा हुने घोषणा गरेका बताइएको छ ।
सो सम्मेलनमा अमेरिका, बेलायत, चीन, रसिया, अष्ट्रेलिया र भारतलगायत २० वटा राष्ट्रको सहभागी रहेको छ ।
सो सम्मेलनमा अमेरिकी राष्ट्रपति बाराक ओबामासहित विश्वका शक्ति राष्ट्रका नेताहरुको सहभागिता रहेको छ । रासस /सिन्ह्वा













प्रतिक्रिया