२९ आश्विन २०८३, बिहिबार

राजश्व संकलनले मात्रै देशको संमृद्धि यात्रा अघि बढ्दैनः मन्त्री बस्नेत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahesh-basnetकाठमाडौँ, कात्तिक २७ । उद्योगमन्त्री महेश बस्नतेले  वैदेशिक लगानी नेपालमा भित्र्याउने सम्बन्धी नयाँ वैदेशिक लगानी नीति अर्थमन्त्रालयले अड्काएर राखेको आरोप अगाउनुभयो ।

रिपोर्टर्स क्लवले बिहीबार राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उद्योगमन्त्री बस्नेतले मुलुकको औद्योगिकरणमा अर्थमन्त्रालय बाधक रहेको भन्दै नेपालको औैद्योगिक क्रान्तिको जग बसाल्न नयाँ वैदेशिक लगानी नीति ल्याउने दाबीसमेत गर्नुभयो ।

‘अर्थमन्त्रालयको असहयोगले केही दिन पर गएको भएपनि छिट्टै वैदेशिक नीति ल्याउने तयारीमा मन्त्रालय लागेको छ,’ उहाँले भन्नुभयो, ‘विशेष आर्थिक क्षेत्र (सेज) प्रति विदेशी उधोगी तथा व्यापारीहरुको आकर्षण बढाउन वैदेशिक लगानी नीति ल्याउन लागिएको हो ।’  नेपालमा विदेश लगानी भित्र्याउन नयाँ नीतिले महत्वपूर्ण भूमिका खेल्ने उहाको भनाई थियो ।

भैरहवामा केही महिना अघि ५२ विघा जमिनमा ५४ करोड लागतमा निर्माण सम्पन्न भएको सेज परियोजना आगामी मंसिर २ गते उद्घाटन गर्ने पनि उहाँले बताउनुभयो ।

राजश्व संकलनले मात्रै देशको समृद्धिको यात्रामा अघि बढ्न नसक्ने भन्दै उहाँले  उद्योगहरुको विकास आवश्यक भएको बताउनुभयो ।