काठमाडौँ, २६ कात्तिक । साताको पहिलो दिनदेखि नै उतार–चढाब हुँदै आएको सुनको मुल्य बुधबार तोलामा ५ सय रूपैयाँले बढेको छ ।
शुक्रबारसम्म ४९ हजारमा कारोबार भएको सुन साताको पहिलो दिन एकैचोटी तोलामा १५ सयले बढेको थियो ।
सोमबार तोलामा २ सयले घटेको सुन मंगलबार ८ सयले घटेर ४९ हजार ५ सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार बुधबार प्रतितोला सुन ५० हजार रूपैयाँमा कारोबार भैरहेको छ ।
बुधबार चाँदीको मुल्य भने स्थीर रहेको छ । महासंघका अनुसार बुधबार प्रतितोला चाँदी ७ सय ७५ रूपैयाँमा करोबार भइरहेको छ ।













प्रतिक्रिया