काठमाडौँ, २५ कात्तिक । आइतबार एकै दिन तोलामा १५ सयले बढेको सुनको भाउ फेरि ओरालो लागेको छ ।
नेपाल सुन चाँदी व्यवसायी संघले दिएको जानकारी अनुसार मंगलबार सुनको भाउ आठ सय रुपैयाँ घटेर तोलाको ४९ हजार पाँच सय रुपैयाँ कारोबार भइरहेको छ ।
आइतबार सुन तोलाको ५० हजार ५ सय रुपैयाँले कारोबार भएको थियो । सोमबार सुन तोलामा दुई सय रुपैयाँ घटेको थियो ।
डलर बलियो बनेपछि सुनको मूल्य सस्तिएको व्यवसायीहरुले बताएका छन् । चाँदीमा पनि तोलामा १० रुपैयाँ घटेर ६७५ रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।













प्रतिक्रिया