पेसावर (पाकिस्तान), २४ कात्तिक । अफगानिस्तानको सीमामा रहेको पाकिस्तानको आदिवासी इलाकानजिकै सोमबार आतङ्ककारी प्रहरीबीच भएको एक झडपमा कम्तीमा दुई सैनिकको मृत्यु भएको छ ।
उक्त झडपको क्रममा अन्य चार आतङ्ककारी मारिएको पनि सैनिक स्रोतले सोमबार जनाएको छ ।
पाकिस्तानको उत्तरी वजिरिस्तानमा अवस्थित आदिवासी इलाकामा आइतबार सैनिकले आतङ्ककारीको विरुद्धमा गरेको कारबाहीको क्रममा सो झडप भएको बताइएको छ । यस झडपको विस्तृत विवरण भने दिइएको छैन् ।
तर गुप्तचर अधिकारीहरुकाअनुसार सो झडप सैनिक र आतङ्ककारी दुवै समूहले भारी मात्रामा हातहतियार प्रयोग गरेका थिए ।
उत्तरी वजिरिस्तान तेहरिक¬ ई तालिवान पाकिस्तान (पाकिस्तानी तालिवान) को प्रमुख शिविरको रुपमा रहेको छ ।
सन् २००७ देखि पाकिस्तानी तालिवानले सरकारको विरुद्ध जारी राखेको लडाईमा सुरक्षाकर्मी र सर्वसाधारण नागरिकलाई लक्ष्यगरी बढ्दो रुपमा आक्रमण गर्दै आएका छन् ।
यद्यपि सैनिक सो इलाकामा आतङ्ककारीको विरुद्ध सुरु गरेको कारबाहीको क्रममा ११ सय भन्दा बढी आतङ्ककारीको मृत्यु भएको जनाएको छ । सोही कारबाहीको क्रममा एकसय भन्दा बढी सैनिकको ज्यान गएको बताइएको छ । रासस/एएफपी













प्रतिक्रिया