२९ आश्विन २०८३, बिहिबार

सुनको मुल्य एकै चोटी तोलामा १५ सयले बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

goldकाठमाडौँ, २३ कात्तिक । आइतवार नेपाली बजारमा सुनको मुल्य एकै चोटी १५ सय रुपैंयाले बढेको छ ।

शुक्रवार तोलाको ४९ हजार रुपैंयामा कारोबार भएको सुन आइतबार १५ सय रुपैयाले बढेर ५० हजार पाँच सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जानककारी दिएको छ ।

अन्तराष्ट्रिय बजारमा २.६ प्रतिशतले सुनको मुल्य बढेपछि नेपाली बजारमा त्यसको प्रभाव परेको व्यवसायीहरुले बताएका छन् । सुनको मुल्य निरन्तर ओरालो लाग्ने विश्लेषकहरुले अनुमान गर्दै आएका थिए ।

अमेरिकी संघीय बैंकले ऋणपत्र खरिद कार्यक्रमको अन्त्य भएको घोषणा गरेसँगै चुलिएको डलरको भाउको प्रभाव सुन चाँदीमा देखिएको व्यवसायीहरुले अनुमान गरेका थिए ।

डलरको भाउ घटेसँगै लगानीकर्ता पहेँलो धातु छोडेर डलरमा ओइरिएपछि त्यसको प्रत्यक्ष प्रभाव सुनमा परेको उनीहरुको भनाई थियो ।

सुनको मूल्यमा ओरालो लाग्ने क्रम नरोकिने हो भने आगामी केही महिनाभित्रै नेपाली बजारमा  सुनको मूल्य प्रतितोला ४५ हजारसम्म ओर्लिन सक्ने आंकलन व्यवसायीहरुले गर्दै आएका थिए ।