२९ आश्विन २०८३, बिहिबार

सुन डेढ वर्षयताकै सस्तो, बिहीबार ४९ हजार १ सयमा कारोबार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

?????????काठमाडौँ, २० कात्तिक । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ४९ हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन तोलामा ५ सय रुपैयाँ घटेर कारोबार भएको हो ।

तेजावी सुन बिहीबार ४८ हजार ८ सय ५० र चाँदी प्रतितोला ६ सय ६५ रुपैयाँमा कारोबार भयो ।

अमेरिकी डलर बलियो भएसँगै  सुनको मागमा कमी आउन थालेको र भाउ घट्ने क्रम सुरु भएको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि विगत ४ वर्षयताकै सस्तो भएको हो ।