२९ आश्विन २०८३, बिहिबार

सात किलो सुन बरामद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

?????????काठमाडौँ, १९ कात्तिक । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले बुधबार  काठमाडौँको नागढुङ्गामा लुकाइछिपाई ल्याइएको सात किलो सुन बरामद गरेको छ ।

बिहान ७ः४५ बजे ताप्लेजुङ जिल्ला पापुङ गाविस वडा नं ४ घर भएका ४३ वर्षीय दोर्जे शेर्पालाई जाँच गर्दा उक्त सुन फेला परेको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले सडकबाट काठमाडौँ भित्रिने तथा काठमाडौँबाट बाहिरिने यात्रु तथा बस जाँचका क्रममा झापाको बिर्तामोडबाट काठमाडौँ आउँदै गरेका शेर्पाले कपडामा पोको पारी कम्मरमा बाँधेका एक एक किलो बाँधेको पत्रकार सम्मेलनमा बताउनुभयो ।

प्रहरीले शेर्पालाई नियन्त्रमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ । सुरक्षा जाँचका क्रममा केही दिनयता विभिन्न व्यक्तिबाट बरामद गरिएका एक थान ल्यापटप, सात थान मोबाइल टेलिफोन र ४९९ निट्रोजुम नामक लागुऔषध पनि आज सार्वजनिक गरिएको थियो । रासस