५ कार्तिक २०८३, बिहिबार

स्वास्थ्य मन्त्रालयका निर्देशकसहित १२ जना अख्तियारको हिरासतमा, यस्तो छ कर्तुत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

akhtiyar

काठमाडौँ, १६ कात्तिक । नक्कली टिकट र बिल पेस गरी करोडौं अनियमितता गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्र्तगतको बाल स्वास्थ्य महाशाखाका १२ जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनका लागि हिरासतमा लिएको छ ।

पक्राउन पर्नेमा बाल स्वास्थ्य महाशाखाका निर्देशक डा. श्यामराज उप्रेती, लेखा अधिकृत दिपकप्रसाद तिमिल्सिना, जनस्वास्थ्य अधिकृतद्वय शङ्करदेव जोशी र ठाकुर बस्नेत, बरिष्ठ जनस्वास्थ्य अधिकृतद्वय लिलाबिक्रम थापा र दिपकराज चौलागाईं, खोप सुपरभाइजर अधिकृतत्रय प्रेमकुमार श्रेष्ठ, शम्भुबाबु तिवारी र शङ्करप्रसाद आचार्य, शाखा अधिकृतद्वय डिकबहादुर विष्ट र हरिप्रसाद अधिकारी एवम् जनस्वास्थ्य निरीक्षक महेन्द्रप्रकाश शर्मा रहेका छन् ।

बाल स्वास्थ्य महाशाखाले सञ्चालनका गरेका विभिन्न खोप कार्यक्रममा अनियमितता र भ्रष्टाचार गरेको भन्ने आयोगमा परेको उजुरीमाथि छानबिन गर्दा सो देखिएको आयोगद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । अनुसन्धानका क्रममा उक्त कार्यक्रमको नाममा खर्च भएको भनी नक्कली हवाई इ–टिकेट, फोटोकपी मेसिन नै नभएको पुस्तक पसलको बिल, हल नै नभएको तथा हल भएता पनि कार्यक्रम नगरी हल भाडामा लिएको, कुनै पनि सामान खरीद नगरी बिल पेस गरेको, सरकारी गाडीको पेट्रोलसमेतको झुठा बिलहरु पेस गरेकालगायतका अनियमितता गरेको देखिएको छ । आयोगले छानबिन प्रतिवेदनका आधारमा अनियमितता भएको पुष्टि भएको र पेश्की फर्छर्यौटका लागि खाली बिलहरुसमेत पेस गरी विभिन्न कार्यक्रमका नाममा करोडौंं रकम दुरुपयोग गरिएको बताएको छ ।

अनियमितततामा संलग्न देखिएका महाशाखाका कर्मचारीहरुलाई पदमा बहाल राखिरहँदा आफू विरुद्धको प्रमाण लोप गर्नसक्ने र अनुसन्धान कार्यमा प्रतिकूल प्रभावसमेत पार्न सक्ने देखिएकाले निजहरुलाई आजै हिरासतमा लिई थप अनुसन्धान भइरहेको आयोगले बताएको छ ।

साथै उक्त कार्यमा संलग्नता देखिएका तत्कालीन निर्देशक डा. तारानाथ पोखरेल र तत्कालीन लेखा अधिकृत (हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका निर्देशक) तेजप्रकाश प्रसाईं हाल फरार रहेकाले निजहरुको खोजी कार्य भइरहेको विज्ञप्तीमा उल्लेख छ ।