२९ आश्विन २०८३, बिहिबार

मोदीको ‘स्वच्छ भारत अभियान’सफल बनाउन अमिताभ कुचो लिएर सडकमा निस्किएपछि…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

amitabh_bachchan_-on-roadकाठमाडौँ, १६ कात्तिक । भारतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निक्कै चर्चा हुने गरेको छ । उनले ल्याएका अभियानको चर्चा पनि त्यही ढंगले चर्चा हुने गरेको छ । पछिल्लो समय मोदीले चलाएको ‘स्वच्छ भारत अभियान’ को अझ बढी चर्चा भएको छ ।

उनको त्यो अभियानलाई खेलप्रेमीदेखि लिएर कलाकार, उद्योगी व्यवसायी पत्रकार र सर्व साधारण सबैले साथ दिएका छन् ।

मोदीको यस अभियानलाई साथ दिन अहिले भारतका हरेक जसो मानिस   हातमा कुचो लिएर सडक सफा गर्ने अभियानमा निस्कने गरेका छन् ।

मोदीको अभियानलाई पछिल्लो समय हलिउडमा ख्याति कमाएका सुपरस्टार अमिताभ बच्चनले पनि साथ दिएका छन् ।

मुम्बईको सडकमा झाडू लिएर बच्चन निस्केपछि अहिले प्रधानमन्त्रीको उक्त अभियानको झन चर्चा भएको छ ।

ट्रयाकसुट लगाएर बच्चनले सडकमा कुचो लगाइरहेको तस्वीर सामाजिक सञ्जाल ट्वीटरमै सेयर भएपछि प्रधानमन्त्रीको  ‘स्वच्छ भारत अभियान अझ सफल भएको छ ।
बच्चनले स्वच्छ भारत अभियानमा सवै जोडिनु आबश्यक रहेको भन्दै उक्त अभियानलाई सबैले मिलेर सफल बनाउनु पर्नेमा समेत जोड दिएका छन् ।