बुर्किना फासो, १५ कात्तिक । अफ्रिकी मुलुक बुर्किना फासोका राष्ट्रपति ब्लेस कम्पाओरले राजीनामा दिएका छन् ।
२७ वर्षे पदावधी अझ लम्ब्याउन खोजेको भन्दै विपक्षीहरुले प्रदर्शन चर्काउँदै संसद भवनमासमेत आगजनी गरेपछि उनले राजिनामा दिएका हुन् ।
उनी राजीनामा नदिने अडानमा रहँदै आएका थिए । उनले ९० दिनभित्र नयाँ निर्वाचन गरिने घोषणसहित राजिनामा दिएको समाचार एजेन्सीहरुले जानकारी दिएका छन् ।
यसअघि उनले संक्रमणकालिन सरकारको एक वर्षे कार्यकाल सकिएपछि मात्रै शक्ति हस्तान्तरण गर्ने बताएका थिए ।
कम्पाओरले राष्ट्रपति पद खाली भएको घोषणा गरेपनि त्यहाँका सेना प्रमुख होनोर ट्राओरेलाई संक्रमणकालीन प्रमुख बनाएका भने विपक्षीले असन्तुष्टी जनाएका छन् । उनलाई सबै सेनाको साथ रहे नरहेको भने खेलेको छैन ।
यद्यपि, कम्पाओरको राजीनामा घोषणापछि विपक्षीहरुले खुशियाली मनाएका छन् ।
सन् १९८७ मा कू गरि सत्तामा आएका कम्पाओर त्यस यता भएका चार वटा विवादास्पद निर्वाचनमा विजयी घोषित भएका थिए । एजेन्सी













प्रतिक्रिया