२९ आश्विन २०८३, बिहिबार

लिबियामा २८ लडाकू मारिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cargo-to-libya-mapबेन्घाजी, १० कात्तिक । लिबियाको सैनिकले आइतबार अपरान्ह गरेको हवाई कारबाहीमा परी कम्तीमा पनि २८ जना हतियारधारीको ज्यान गएको समाचार छ ।

त्यहाँको सेनाले हालैका दिनमा लिबियामा हिंसात्मक विद्रोह गरिरहेका इस्लामिक स्टेटका विरुद्धमा जारी राखेको कारबाहीका क्रममा आइतबार ती लडाकू मारिएको समाचारमा जनाइएको छ ।

प्राप्त पछिल्लो समाचारमा जनाइएअनुसार आइतबार अपरान्ह सैनिकले सो कारबाही गरेको थियो । उक्त कारबाहीमा परी केही अन्य लडाकू घाइते पनि भएका छन् ।

लिबियाको पूर्वी सहर बेन्घाजीमा सो कारबाही गरिएको थियो । लिबियाको सैनिकले विगतका केही हप्तादेखि उक्त कारबाहीलाई जारी राखेको छ ।

लिबियाको सैनिकका प्रवक्ता अहमद अल मिस्मारीले दिएको जानकारीअनुसार उक्त सहरका विभिन्न भागमा सैनिकले कडा सङ्घर्ष गरिरहेको छ र कारबाहीका क्रममा हिजोआज दिनहूँजसो नागरिक मारिएका छन् ।

सो क्षेत्रमा सैनिकले यस्तो कारबाहीलाई यही अक्टोबर १५ देखि जारी राखेको छ । त्यसयताको सो कारबाहीमा परी अहिलेसम्ममा कम्तीमा पनि १७० जनाको ज्यान गइसकेको सरकारले जनाएको छ ।

उक्त क्षेत्रमा पछिल्लो समयमा इस्लामिक लडाकूहरुले आतङ्क मच्चाइरहेका छन् । सो आतङ्कमा परी दर्जनौँ नागरिक पनि मारिएका छन् ।