५ कार्तिक २०८३, बिहिबार

एमाओवादी नेतृत्वको मोर्चाद्वारा आज चियापान आयोजना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UCPN_Maoist_Head_Office_Paris_Danda

काठमाडौं, १० कात्तिक । एकीकृत नेकपा माओवादीले नेतृत्व गरेको २२ दलीय मोर्चाले आज चियापान कार्यक्रम गर्दैछ ।

दसैं, तिहार, नेपाल सम्वत ११३५, छड, इद र ल्होसार लगायत पर्वको अवसर पारेर मोर्चाले काठमाडौंको भृकुटीमण्डपमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको हो ।

दिउँसो तीन बजेबाट साँझसम्म हुने चियापानमा प्रधानमन्त्री सुशील कोइरालासहित सबै राजनीतिक दलका शीर्ष नेता सहभागी हुनेछन् ।

एमओवादी नेतृत्वको मोर्चामा एमाओवादीसहित फोरम लोकतान्त्रिक, तमलोपा, फोरम नेपाल, सदभावना पार्टी, संघीय समाजवादी पार्टी लगायतका दल छन् ।