बेरुत, ९ कात्तिक । सिरियाको मध्य प्रान्त होम्समा विद्रोहीको बलियो प्रभाव रहेको दुई क्षेत्रमा शनिबार सिरियाली सरकारी सैनिकले गरेको हवाई आक्रमणमा कम्तीमा २५ व्यक्तिको मृत्यु भएको छ ।
सो हवाई आक्रमणमा मारिएका २५ मध्ये ११ एघारजना बालबालिका रहेको मानवअधिकारीवादी समूहले जनाएको छ । होम्सको तालबिसेह सहरमा भएको सो हवाई आक्रमणमा १८ जना मारिएको बताइएको छ ।
सो आक्रमणमा मारिएका १८ जना मध्ये १६ जना एक परिवारका सदस्य रहेका सिरियन अब्जरभेटरी फर ह्युम्यन राइट्सले जनाइएको छ ।
हवाई आक्रमणमा मारिएका एक परिवारका १६ जना सदस्यमा पनि १० जना बालबालिका, तीन महिला र तीन पुरुष रहेका बेलायतसँगआवद्ध मानव अधिकारवादी समूहले बताएको छ । होम्सको बाहिरी इलाकामा पर्ने वाएर जिल्लामा शनिबार साँझमै भएको अर्को हवाई आक्रमणमा एक बालकसहित सात व्यक्तिको मृत्यु भएको छ ।
सिरियामा सन् २०११ मा सिरियाली राष्ट्रपति बसार अल असादको राजिनामाको माग गर्दै सुरु भएको जन आन्दोलनमा हालसम्म एक लाख ९० हजारभन्दा बढी नागरिकको मृत्यु भईसकेको छ । त्यसैगरी यस द्वन्द्वको कारण लाखौं व्यक्ति स्वदेश र विदेश विस्थापित भएका छन् ।
रासस/एएफपी













प्रतिक्रिया