५ कार्तिक २०८३, बिहिबार

रक्सीले मातेका नानाहाङले छिमेकीको घरमा आगो लगाएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ९ कत्तिक ।  रक्सीले मातेका एक व्यक्तिले दक्षिणी झापाको घेराबारीमा छिमेकीको घर खरानी बनाएका छन् ।

घेराबारी–६ निवासी २२ वर्षीय नानाहाङ सेलिङ लिम्बूलाई रक्सीले मातेर छिमेकीको घर जलाएको अभियोगमा प्रहरीले आइतबार पक्राउ गरेको छ ।

लिम्बूले छिमेकी धनबहादुर नेपालीको फुसको घरमा शनिबार राति आगो लगाएर ध्वस्त पारेको  इलाका प्रहरी कार्यालय राजगढले जनाएको छ ।

आगलागीबाट नेपालीको घर जलेर खरानी भएको छ । घरमा आगो लगाएपछि नेपालीकी पत्नी लक्ष्मीसमेत जलेर घाइते भएकी प्रहरीले जनाएको छ ।

घाइते लक्ष्मीको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।

साँझको खाना खाएर सुतेका नेपाली दम्पत्तीले आधा घर जलिसकेपछि मात्र थाहा पाएकाले घरसहित लत्ताकपडा र खाद्यसामग्री निकाल्न नपाएको बताइएको छ । रासस