काठमाडौँ, ९ कात्तिक । मलेसियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन ३ मा नेपालले २६३ रन बनाउँदै सिंगापुरलार्इ २६४ को लक्ष्य दिएको छ ।
वायुमास ओभल क्रिकेट मैदान सेलेङ्गारमा जारी खेलमा नेपालले टस हारेर व्याटिङको निम्तो पाएको हो ।
नेपालले यस अघि दुई खेल खेलिसकेको छ । पहिलो खेलमा नेपाल युगान्डासँग २० रनले पराजित भएको थियो भने दोस्रो खेलमा बर्मुडालाई ८ विकेटले पराजित गरेको थियो ।















प्रतिक्रिया