सूर्य थापा
न्युयोर्क, ९ कात्तिक । अमेरिकामा आएर वकालत गर्ने पहिलो नेपाली अधिवक्ता खगेन्द्र क्षेत्री अमेरिकाको सुपर लयर समूुहमा पर्न सफल हुनुभएको छ ।
न्युयोर्कमा रहेर वकालत पेशामा सकृय रहनुभएका क्षेत्री सुपर लयर २०१४ मा पर्न सफल हुनुभएको हो । क्षेत्री अमेरिकामा रहेका वकिलहरु मध्येबाट सुपर लयर छनौट पश्चात सार्वजनिक गरिएको सूचीमा पर्न सफल हुनुभएको हो ।
विभिन्न ७० क्षेत्रका वकिलहरु मध्येबाट उत्कृष्ट लयर छान्ने अमेरिकाको एक पत्रिकाले नेपाली मूलका अधिवक्ता क्षेत्रीलाई इमिग्रेसन क्षेत्रका अधिवक्ता तर्फबाट सुपर लयरमा छनौट गरेको हो । पत्रिकाले कार्यसम्पादन, अध्ययन लगायतका विभिन्न विषयलाई आधार मानेर सुपर लयर छनौट गर्दछ । नेपालको गुल्मी जिल्लामा जन्मेका अधिवक्ता क्षेत्रीले कोलम्बिया युनिभर्सिटीबाट एलएलएम र फोरदम युनिभर्सिटीबाट जेडी गर्नुभएको छ ।
२५ बर्ष भन्दा धेरै समयसम्म वकालत गर्नुभएका क्षेत्रीले सुपर लयरमा परिसके पश्चात खुशी व्यक्त गर्नुभएको छ । सुपर लयर समूहमा परे पश्चात आफूलाई कार्य सम्पादनमा थप हौसला प्राप्त भएको क्षेत्रीले बताउनुभयो । न्युयोर्कस्थित ह्वाईट हिमाल टेलिभिजनको साप्ताहिक कार्यक्रम ल एण्ड लएर मार्फत अमेरिकामा रहेका नेपालीहरुलाई इमिग्रेशन कानुन सम्बन्धी बिभिन्न जानकारी समेत दिदै आउनुभएको छ । सुपर लयरमा पर्न सफल क्षेत्री एनआरएन अमेरिकाको अध्यक्ष समेत हुनुहुन्छ ।
















प्रतिक्रिया