काठमाडौँ, ७ कात्तिक । बल्छन् महलहरुमा दीपावली हजार, झकमक्क जग्मगाए पैसा हुने बजार,
बुकुरा र झोपडी छन् दिउँसै पनि अँधेरा, आएन खै त्यहाँ त कहिल्यै कुनै तिहार !
यी माथिका कविताका हरफ कुनै कवि वा साहित्यकारले रचेका होइन ।
एमाओवादी डा. बाबुराम भट्टराईले करिब १४ घण्टा अघि सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेको तिहार सम्वन्धी कविता हो यो ।
भट्टराईले आफ्नो फेसबुक मार्फत पोष्ट गरेको यो कवितालाई ८ सय २२ भन्दा बढीले सेयर गरेका छन् भने ३२ हजार ६ सय ७५ जनाले लाईक गरेका छन् । त्यस्तै ३ हजार बढीले कमेण्ट गरेका छन् ।
अधिकांश कमेण्टहरु गरिबलाई रोजगारी दिनु पर्ने शिक्षा र स्वास्थ्यलाई सहज बनाउनु पर्ने, समयमा संविधान जारी गर्नुपर्ने आसयका रहेका छन् ।















प्रतिक्रिया