काठमाडौ, ६ कात्तिक । नेकपा एमालेका नेता एवम पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सहमतिको लागि प्रयास आगामि मंसिरसम्म मात्र हुने स्पष्ट पार्नु भएको छ ।
रिपोर्टर्स क्लब नेपालले तोकिएकै समयमा संविधान निर्माण गर्न दवाव दिने उद्देश्यले सुरु गरेको देउसी भैलो कार्यक्रमपछिको साक्षात्कारमा उहाँले भन्नुभयो,’ ‘मंसिर महिनासम्म सहमतिको अधिकतम प्रयास गर्ने हो, त्यसपछि प्रक्रियामा गएर संविधान बनाइन्छ ।
नेपालले नेपाली काँग्रेस र एमाओवादीले आँट गर्ने हो भने माघ ८ भित्रै संविधान जारी गर्ने गरि सहमति बन्न सक्ने भन्दै आँट गरेर अघि बढ्न पनि आग्रह गर्नुभयो ।
‘काँग्रेसले आँट गर्ने हो र एमाओवादी जातीय सक्रमणबाट मुक्त हुने हो भने संविधान माघ ८ मै जारी हुन्छ,’ उहाँले भन्नुभयो, ‘संघीयता सामथ्र्य र पहिचानको आधारमा हुन्छ, । जातीय आधारमा संघीयता हुनै सक्दैन ।’
शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित वा संसदबाट निर्वाचित प्रधानमन्त्री हुने स्पष्ट पार्दै निर्वाचन प्रणालीमा प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित र राष्ट्रियसभामा समानुपातिक प्रतिनिधि हुने पनि उहाँले बताउनुभयो ।















प्रतिक्रिया