२९ आश्विन २०८३, बिहिबार

क्यानडाको संसद भवन भित्रै कसले चलायो गोली ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

canada_shooting-300x168काठमाडौँ, ६ कार्तिक  । क्यानडाको संसद भवन भित्रै गोली चलेको छ । राजधानी ओटावास्थित संसद भवन भित्रै गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु भएको विभिन्न समाचार एजेन्सीहरुले जानकारी दिएका छन् ।

प्रधानमन्त्री स्टीफन हार्पर समेत सहभागि भएको बैठकमा गोलि चल्दा एकजना सुरक्षाकर्मी र एकजना गोली चलाउने व्यक्तिको मृत्यु भएको बताइएको छ ।
एक्कासी गोली चल्न थालेपछि सुरक्षाकर्मीले प्रधानमन्त्रीे हार्पर र सांसदहरुलाईसुरक्षित बाहिर निकालेका थिए ।

अधिकारीहरुका अनुसार क्यानडाको वार मेमोरियलमा तैनाथ एक सुरक्षाकर्मीलाई गोली हानेर माइकल जिहाफ बेब्यू नामका बन्दूकधारी संसद भवन भित्र छिर्न सफल भएका थिए । त्यसपछि सुरक्षाकर्मीसँग गोली हानाहान भएको थियो ।

ति बन्दूकधारी बाहेक संसद भवन भित्र अरु कोहि नमारिएको क्यानडाका अधिकारीहरुले जानकारी दिएका छन् । आक्रमणबाट केही व्यक्ति घाइते भएका छन् ।

क्यानडाका प्रधानमन्त्री स्टीफन हार्परले हमला घृणित भएको भन्दै निन्दा गर्नुभएको छ । गोलिकाण्डपछि राजधानीमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ । एजेन्सी