काठमाडौँ, ५ कात्तिक । नक्कली फेसबुक अकाउन्टबाट युवतीको नग्न तस्विर राखेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
युवतीको चरित्र हत्या गर्ने कार्यमा संलग्न भएको आरोपमा काठमाडौं रामकोट १ का विकासराज गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले रामकोट नै बस्ने सविता (नाम परिवर्तन) को नक्कली फेसबुक अकाउन्टबाट अश्लिल फोटो तथा अस्लिल शब्दहरू राखेर चरित्र हत्याको प्रयास गरेका थिए।
२९ वर्षे गिरीलाई महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले कात्तिक ४ गते पक्राउ गरि विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको बताइएको छ।















प्रतिक्रिया