काठमाडौं, ५ कात्तिक । सहमति खोज्दै एकान्तबास पुगेका प्रमुख तीन दलको बैठक निष्कर्षविहीन भए पनि एमाओवादी नेता डा.बाबुराम भट्टराईले भने उक्त बैठकलाई उपलव्धीमुलक भएको प्रतिक्रिया दिनुभएको छ ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यस्तो प्रतिक्रिया दिनुभएको हो ।
‘पहिलो चरणको २ दिने गोकर्ण बैठकले संविधानमा बाँकी रहेका ठुला विवादका विषयको टुंगो लगाउन नसके पनि ३ दलबीचको दुरीलाई कम गर्न र एकअर्काका सरोकारवारे संवेदनशील बन्न महत्वपूर्ण सफलता हासिल गरेको छ,’ उहाँले सामजिक सञ्जल फेसबुकमा लेख्नु भएको छ, ‘यो पहिलो चरणको निर्णायक वार्ताले निर्माण गरेको जगमा उभिएर दोश्रो चरणको वार्ता तिहार लगत्तै कार्तिक ९ गतेबाट हुनेछ ।’
उहाँले संविधान निर्माण जस्ता ऐतिहासिक महत्वका वार्ताका लागि शान्त र सहज वातावरण आवश्यक पर्ने भएकाले प्रसिद्ध गोकर्ण रिसोर्टको प्रयोग गरिनुलाई अन्यथा ठान्नु नहुने पति तर्क गनुृभएको छ ।
‘दोश्रो विश्वयुद्ध समाप्त गर्ने वार्ता याल्टामा , इजरायल– इजिप्ट वीचको सम्झौतावार्ता क्याम्प डेभिडमा भएका ऐतिहासिक प्रसंगको स्मरण गर्नु उपयुक्त हुनेछ,’ उहाँले भन्नुभएको छ ।















प्रतिक्रिया