५ कार्तिक २०८३, बिहिबार

एमाओवादी नेतृत्वको २२ दलबाट आन्दोलनको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ कात्तिक । एमाओवादीले नेतृत्व गरेको २२ दलीय मोर्चाले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।

गठबन्धनका तर्फबाट बुधबार जारी विज्ञप्तिमा आन्दोलनका साथै चियापान कार्यक्रम गर्न लागेको उल्लेख छ ।

दीपावली, छठ, नेपाल सम्वत, ईदलगायतका चाडपर्वको अवसर पारेर कात्तिक १० गते  शुभकामना आदानप्रदानको कार्यक्रम आयोजना गरेको जनाइएको छ ।

गठबन्धनले पहिचानसहितको संघीयता भएको संविधान सहमतिका आधारमा जारी हुनुपर्ने माग गरेको छ । त्यसका लागि सत्तारुढ कांग्रेस र एमालेविरुद्ध संघर्षका कार्यक्रम समेत जारी राखेको जनाएको छ ।

संघर्षका कार्यक्रमअन्तर्गत गठबन्धनले कात्तिक १८ गते पाँचथरको फिदिम, २२ गते जनकपुर र २९ गते धनगढीमा बृहत जनसभाहरू आयोजना गर्ने भएका छन् । सभामा २२ दलका अध्यक्ष तथा पार्टी प्रमुखहरूले बोल्ने छन् ।