५ कार्तिक २०८३, बिहिबार

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत निरौलालाई निलम्बन गर्न निर्देशन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

subasकाठमाडौँ, ५ कात्तिक  । संसदको सार्वजनिक लेखा समितिको बुधबार बसेको बैठकले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत सुवास निरौलालाई निलम्बन गर्न निर्देशन दिएको छ ।

वोर्डको प्रमुख कार्यकारी अधिकृत रहँदा निरौलाले करोडौंको अनियमिता गरेको ठहर समितिले यस्तो कढा निर्देशन दिएको हो ।

‘सार्वजनिक खरिद कानुनको पालना नगरी खरिद गर्ने, प्रमाण र  औचित्य बिना खरिद गर्ने, असम्बन्धित व्यक्तिलाई गैरकानुनी भुक्तानी दिने, लेखाका विवरणहरु सही र यथार्थ नराख्ने लगायतका क्रियाकलापमा निरौलाको प्रत्यक्ष संलग्नता देखिएकाले उनलाई निलम्बन गर्न समितिले पर्यटन मन्त्रालयलाई निर्देशन देएको छ,’ समितिका एक सदस्यले दैनिक नेपाल डटकमसँग भन्नुभयो, ‘बैठकले अनियमितताबारे छानबिन गर्न गठित समिति र महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेखित बेरुजुलाई समेत आधार बनाइ थप अनुसन्धान तथा कारवाही गर्न सम्बद्ध निकायलाई निर्देशन दिएको छ ।’

लेखा समितिले नेपाल पर्यटन बोर्डमा अनियमितता भएको ठहर यस अघि नै गरेको थियो ।  पर्यटन मन्त्रालय, पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पदाधिकारीहरूलाई बोलाएर लिइएको बयानका आधारमा बोर्डको अनियमितताबारे छानबिन गरिरहेको समितिले यस्तो ठहर गरेको थियो ।

जथाभावी कर्मचारी नियुक्ति र अनावश्यक खर्च गरिएको, कमिसनको खेलमा अनावश्यक निर्णय गरिएको, बोर्डको १९२ औं बैठकमा ६ करोड १९ लाख रुपैयाँ आवश्यकभन्दा बढी निर्णय गरिएकोलगायतका कारण बोर्ड अनियमितता भएको पनि समितिले ठहर गरेको थियो ।