काठमाडौ, ४ कात्तिक । संविधानका विवादित विषयहरुमा सहमति जुटाउन प्रमुख तीन दलका शीर्ष नेताहरुको आवासीय बैठक सुरु भएको छ ।
काठमाडौंको गोकर्ण रिसोर्टमा सुरु भएको बैठकमा लामो समयदेखि दलहरुबीच विवादित रहँदै आएको संघीयता, निर्वाचन प्रणाली, शासकीय स्वरुप र न्यायप्रणालीको विषयमा निरन्तर छलफल हुने बताइएको छ ।
बैठकमा नेपाली काँग्रेसका तर्फबाट बरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा एमालेका तर्फबाट अध्यक्ष केपी ओली, माधवकुमार नेपाल र विद्या भण्डारी, एमाओवादीका तर्फबाट अध्यक्ष प्रचण्ड, डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ सहभागी छन् ।
मंगलबार बिहानै गोकर्ण रिसोर्ट पुगेका नेताहरुले अन्तिम निर्णायक छलफल बताएको यो बैठकमा दुई दिनसम्म गोकर्ण रिसोर्टमै बसेर दलहरुले सहमतिको प्रयास गर्ने छन ।
















प्रतिक्रिया