२९ आश्विन २०८३, बिहिबार

इराकमा दुई मन्त्री नियुक्त हुँदा अमेरिकी विदेश मन्त्रीले गरे खुशी व्यक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

???????????????????वोस्टन, २ कात्तिक । इराकका दुई  मन्त्रालयहरू प्रतिरक्षा र गृहका लागि त्यहाँ प्रधानमन्त्री हैदर अल आबादीले दुई जना मन्त्रीहरू नियुक्त गरेका छन् । इराकी संसदले यसको अनुमोदन गरेकामा अमेरिकी विदेश मन्त्री जोन केरीले प्रसन्नता व्यक्त गरेका छन् ।

हाल अमेरिकी भ्रमणमा रहनुभएका चिनियाँ राज्य परिषद् प्रमुख याङ्ग जेएचीसँगको भेटघाटमा विदेश मन्त्री केरीले अन्तर्राष्ट्रिय मामिलालाई सम्बोधन गर्दै सो कुरा बताए ।

आगामी नोभेम्बर महिनामा अमेरिकी राष्ट्रपति बाराक ओबामा औपचारिक चीन भ्रमण गर्दै छन् । सो भ्रमणको पूर्व तयारीका क्रममा चिनियाँ राज्य परिषद् प्रमुख अमेरिका पुगेका हुन् ।

इराकी प्रधानमन्त्रीले सिते समूदायका सांसद मोहमद सालेम अल गाब्बानलाई नव गृहमन्त्री र मोसुलका सुन्नी समूदायका सांसद खालिद अल ओबिदीलाई प्रतिरक्षा मन्त्री नियुक्त गर्नु भई जातीय संन्तुलन कायम गर्न प्रयास गरे ।

यस उपर अमेरिकी विदेशमन्त्री केरीले इराकी संसदको प्रशंसा गर्दै इराकको यस सङ्कटमय अवस्थामा दुई प्रमुख हस्तीहरूको नियुक्तिले इस्लामिक स्टेट ९आइएस० आतङ्ककारीहरूसँग लड्ने व्यवस्थापन मिलाएका छन् ।

सिते र सुन्नी समुदायबीच जातीय र क्षेत्रीय सन्तुलन मिलाई उक्त दुवै मन्त्री पदमा सशक्त नेतालाई नियुक्त गर्न इराकी प्रधानमन्त्रीलाई अमेरिकाले बारम्बार आग्रह गर्दैआएको थियो । सिन्ह्वा