४ कार्तिक २०८३, बुधबार

काँग्रेस–एमालेले भनेर आन्दोलन रोकिन्नः २२ दल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ कात्तिक । एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको २२ दलीय मोर्चाले आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।

शनिबार बसेको मोर्चाको बैठकले थप कार्यक्रम तय गर्दै आन्दोलन जारी राख्ने निर्णय गरेको हो ।

सत्तारुढ कांग्रेस र एमालेले सहमतिका लागि आन्दोलन रोक्नु पर्ने दबाव दिइरहेका मोर्चाले भने कांग्रेस र एमाले सजिलै नमान्ने ठहर गर्दै यस्तो निर्णय गरेको बताएको छ ।

बैठकले पाँचथर, जनकपुर र कैलालीमा सभा गर्ने निर्णय गरेको छ । मिति भने मोर्चाको सचिवालयले तय गर्नेछ ।

प्रचण्ड स्वयमले पनि बैठकमा कांग्रेस एमालेले आन्दोलन नगर्न दबाव दिएको भन्दै संघर्षलाई जारी राख्नु पर्ने बताएका थिए ।

२२ दलको बैठकले आन्दोलनलाई लामो संघर्षका रुपमा लैजानु पर्ने पनि बैठकमा कुरा उठेको थियो ।