काठमाडौँ, १ कात्तिक । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीयता, धर्म निरपेक्षता, गणतन्त्र लगायतका विषयमा जनमत संग्रह गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ ।
राप्रपा नेपाल जनसम्पर्क विभागले तिहार, छठ तथा नेपाल सम्बतको अवसरमा राजधानीको कपनमा शनिवार आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा बोल्दै थापाले यस्तो बताउनु भएको हो ।
जनमत संग्रहबाट आउने जस्तोसुकै परिणाम पनि आफूहरु स्विकार गर्न तयार रहेको उहाँको भनाई थियो । उहाँले तीन दलीय सिन्डिकेट नै संविधान निर्माणमा बाधक रहेको भन्दै यसको कुनै औचित्य नभएको दाबी गर्नुभयो ।
बलमिच्याई गरेर संविधान जारी गर्न खोजिए त्यो दिगो नहुने भन्दै उहाँले राप्रपा नेपाल सर्वमान्य संविधानको पक्षमा रहेको बताउनुभयो ।















प्रतिक्रिया