काठमाडौँ, १ कात्तिक । एमाओवादी अध्यक्ष प्रचण्ड बेलाबेलामा आफ्नै भनाइले बिवादमा आइरहने नेता हुन् ।
हरेक मञ्चमा पुगेपछि त्यही अनुसारको भाषण गर्न खप्पिस प्रचण्डलाई यही बानीले बेला–बेला अप्ठ्यारोमा पार्ने गरेको छ ।
शुक्रबार खुल्लामञ्चबाट २२ दलको संयुक्त गठवन्धनले गरेको विरोधसभालाई सम्वोधन गर्दै प्रचण्डले शान्तिपूर्ण जनविद्रोहको नेतृत्व गर्न आफू तयार रहेको घोषणा गरेका थिए ।
त्यही सभालाई सम्वोधन गर्दै उनले कांग्रेस–एमाले विगतको सम्झौताविरुद्ध गए शान्तिपूर्ण जनविद्रोहको नेतृत्व गर्न आफु तयार रहेको समेत दाबी गरेका थिए । उनले २२ दललाई खेलाँची नठान्नसमेत आग्रह त्यहाँ आग्रह गरे ।
उनले त्यही भाषणमा उच्च स्तरीय राजनीतिक समितिको संयोजक छाडेर २२ दलको नेता बन्न तयार रहेको समेत उनले खुलासा गरे ।
उनको त्यो चेतावनीलाई कांग्रेस–एमालेले पचाउने कुरै भएन । शनिबार विहान सिंहदरबार कांग्रेस र एमालेका नेताहरुले त्यही विषयलाई लिएर प्रचण्डलाई केरकार गरे ।
‘‘तपाईले खुल्ला मञ्चबाट विद्रोहको चेतावनी दिनुभयो, यो के भन्न खोज्नुभएको हो ? सिंदहरबारस्थित राज्य व्यवस्था समितिको हलमा आयोजित तीन दलको बैठकमा एमाले उपाध्यक्ष भीम रावलले प्रचण्डलाई यस्तो प्रश्न गरेपछि उनले जवाफ दिए–‘मैले खुल्ला मञ्चमा त्यस्तो लगत केही पनि बोलिन।’
‘उच्च स्तरीय राजनीतिक समितिको संयोजक पनि छाड्ने हो ? भन्ने रावलको प्रश्नमा उनले विगतका सहमति कार्यान्वयन गराउनु पर्छ भन्ने आफ्नो भनाई भएका प्रतिक्रिया दिए ।
कांग्रेस र एमालेले सहमति कार्यान्वयन नगरे शान्तिपूर्ण विद्रोहको विकल्प नरहेको प्रचण्डले स्पष्ट पारे ।
बैठकमा प्रचण्डलाई कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि खुल्लामञ्चको भाषणबारे केरकार गरेका थिए ।
बैठकमा कांग्रेसका शेरबहादुर देउवा, कृष्ण सिटौला, नरहरी आचार्य र महेस आचार्य सहभागी थिए । एमालेबाट माधव नेपाल, भीम रावल लगायतका नेता थिए । एमाओवादीबाट प्रचण्ड, बाबुराम भट्टराई र नारयणकाजी श्रेष्ठ सहभागी थिए ।















प्रतिक्रिया