४ कार्तिक २०८३, बुधबार

किन गरे उस्तादले गोली हानी आत्महत्या ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

goli-prahar-pestolराजविराज, १ कार्तिक । एक सैनिकले आफैलाई गोली हानी आत्महत्या गरेका छन् ।
नेपाली सेनाको श्री मेहर गण राजविराजमा शुक्रबार राति सेन्ट्री बसेका सुनसरीको धरान–१३ घर भएका नायक उस्ताद विकास राईले साथीलाई झुक्याएर आफैलाई गोली हानी आत्महत्या गरेका हुन् ।

सैनिक स्रोतले दिएको जानकारी अनुसार एसएलआर राइफलले गोली हानी उनले आत्महत्या गरेका थिए ।  घाँटीबाट छिरेको गोली टाउकोलाई क्षतविक्षत पारेर बाहिर निस्केको छ ।
राईको शव पोष्टमार्टमका लागि शनिबार बिहान राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको छ ।