४ कार्तिक २०८३, बुधबार

यसरी हुँदैछ एमालेको चियापान कार्यक्रम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

umlकाठमाडौँ, १ कार्तिक । नेकपा एमालेले तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारीले २०५१ सालमा वडादसैँका अवसरमा सुरु गरेको शुभकामना तथा चियापान कार्याक्रमलाई यो वर्ष पनि निरन्तरता दिएको छ ।

हरेक वर्ष एमाले त्यसैलाई निरन्तरता दिदैँ वडादसैँ, दीपावली, नेपाल सम्वत् ११३५, छठ, वकरइद तथा ल्होसारको उपलक्ष्यमा चियापान कार्यक्रम गर्दै आएको छ ।

एमाले विगतका वर्षमा जस्तै यो वर्ष पनि पार्टी मुख्यालय मदननगरमा हुने चियापान समारोहमा प्रधानमन्त्रीदेखि प्रमुख दलका शीर्ष नेताहरु, कूटनीतिक नियोगका प्रतिनिधि, उद्योगी व्यवसायी लगायतलाई आमन्त्रण गरेको छ ।

एमालेले यो वर्ष शुभकामना तथा चियापान समारोहमा १५ हजारभन्दा बढीलाई निमन्त्रणा दिइएको छ । १० हजार पार्टी कार्यकर्ता र पाँच हजारभन्दा बढी अन्य अतिथि रहने एमालेले जानकारी दिएको छ ।

शनिबार मध्याहृन १२ बजेदेखि ४ बजेसम्म चल्ने उक्त कार्यक्रममा सुरक्षा व्यवस्थालाई समेत कढा गरिएको छ ।