विराटनगर, ३१ असोज । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले जातीय आधारको सङ्घीयता आफ्नो पार्टीलाई कुनै पनि हालतमा मान्य नहुने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरुसँगको भेटमा उहाँले भौगोलिक र पहिचानका आधारमा सङ्घीयता कायम हुनुपर्नेमा जोड दिनुभयो ।
नेत्री कोइरालाले सङ्घीयता, शासकीय स्वरुप तथा निर्वाचन प्रणालीमा सहमति नभए यी विषयलाई थाती राखेर नयाँ संविधान जारी गर्नुपर्ने बताउनुभयो ।
उहाँले सुल्झन बाँकी विषय संविधान जारी भएपछि टुङ्ग्याउने गरी आगामी माघ ८ गते नयाँ संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो ।
दलहरुबीच सहमति भए पाँच विकास क्षेत्रलाई सङ्घीयताको ढाँचामा लैजाँदा राम्रो हुने उहाँको भनाइ थियो ।















प्रतिक्रिया