२९ आश्विन २०८३, बिहिबार

हवाई आक्रमणमा तालिवान कमाण्डरसहित दुईको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

afghanisthan-mapपुल–ई–खुम्री (अफगानिस्तान), ३१ असोज । अफगानिस्तानको उत्तरी बाघलान प्रान्तको बोर्का जिल्लामा तालिवान आतङ्ककारी लुकेको बसेका इलाकालाई लक्ष्यगरी अफगान सैनिकले गरेको हवाई आक्रमणमा प्रमुख कमाण्डर कारी जुबाइरसहित दुई आतङ्ककारीको मृत्यु भएको जनाइएको छ ।

बिहीबार अबेर राति गरिएको सो हवाई आक्रमणको क्रम  कारी जुवाइर र  उनका सहयोगी  अर्का एक  तालिवान आतङ्ककारीको मुृत्यु भएको सो स्रोतले जानकारी दिएको छ ।

सन् २०१४ को अन्त्यसम्म अफगानिस्तानमा रहेका नेटोसँग आबद्ध प्रायः सैनिक फर्किसक्ने नेटो आबद्ध सबै देशले निर्णय गरिसकेका छन् ।

त्यसैले अफगानिस्तान सरकारले त्यहाँको सेना र प्रहरीलाई तालिवान विरुद्धको कारबाहीका लागि अघि सारेको छ ।

यस कारबाहीको क्रममा सुरक्षाबलले तालिवानहरूका साथबाट कयौँ शक्तिशाली हातहतियार कब्जा गरेको र सुरक्षाबलतर्फ भने कुनै हताहतको समाचार नभएको जनाइएको छ ।

यता तालिवानी आतङ्ककारीहरुले पनि अफगान सुरक्षाबल र नेटो आवद्ध सैनिकलाई लक्ष्यगरी आक्रामक कारबाही गर्ने गरेका छन् ।

यस्ता आक्रामक कारबाहीलाई मध्यनजर गरी सरकारी सेना र प्रहरीले पनि तालिवानमाथि जाइलाग्ने गरेका छन्  । रासस/सिन्ह्वा