काठमाडौँ, ३१ असोज । राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीको नाम अनुमोदन भएको छ ।
शुक्रबार बसेको व्यवस्थापिका संसदको संसदीय सुनुवाइ विशेष समितिको बैठकले आयोगमा नियुक्तिका लागि सिफारिस पाँचैजनाको नाम अनुमोदन गरेको हो ।
संवैधानिक परिषदले आयोगको अध्यक्षमा अनुपराज शर्मा तथा सदस्यहरुमा प्रकाश वस्ती, सुदीप पाठक, मोहना अन्सारी र गोविन्द शर्मा पौडेललाई मानवअधिकार आयोगमा नियुक्त गर्न सिफारिस गरेको थियो ।
परिषदले उहाँहरुको नाम सिफारिस गरेपछि शर्मा र वस्तीविरुद्ध दुई–दुईवटा उजुरी परेका थिए ।
यसैगरी पाठक विरुद्ध एक र नीतिगत विषयका तीन उजुरी परेका थिए । उहाँहरु विरुद्ध परेका सबै उजुरीहरुमा सफाइ दिएको समितिका एक सदस्यले जानकारी दिनुभयो ।
अब उहाँहरु पाँचै जनाको राष्ट्रपति डा. रामवरण यादवबाट नियुक्ति हुने छ ।















प्रतिक्रिया