तौलिहवा (कपिलवस्तु), ३१ असोज । कपिलवस्तुको बुड्डी–३ भैरवपुरकी १३ वर्षीया एक बालिकालाई बलात्कार गरेर फरार रहेका एक व्यक्तिलाई कपिलवस्तु प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
गत आइतबार दिउँसो घरमा कोही नभएको अवस्थामा बालिकाको घरमै आएर बलात्कार गर्ने सोही ठाउँका ५० वर्षीय टुकमान गिरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गिरीलाई जबर्जस्ती करणीको अभियोगमा मुद्दा चलाइएको प्रहरी उपरीक्षक मजोज यादवले बताउनुभयो ।















प्रतिक्रिया