४ कार्तिक २०८३, बुधबार

सहमति जुटाउन शीर्ष नेता सुटुक्क गोकर्ण रिसोर्टमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

congress-uml-maoist

काठमाडौँ, ३० असोज । संविधानका विवादित विषयमा सहमति जुटाउन प्रमुख तीन दलका शीर्ष नेताहरु गोप्य बैठकका सुटुक्क गोकर्ण रिसोर्ट पुगेका छन् ।

प्रमुख दलबीच द्विपक्षीय एवम् त्रिपक्षीय छलफल भए पनि सहमति हुन नसकेपछि राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईको विशेष पहलमा नेताहरु बिहीबार साँझबाट गोकर्ण रिसोर्टमा पुगेका हुन् । “छलफलमा दलहरूबीच विश्वासको वातावरण बन्यो तर शुकबार नै सहमति हुने गरी निष्कर्षमा पुग्न सकिएन” डा भट्टराईले पत्रकारसँग भन्नुभयो । उहाँका अनुसार सङ्घीयताका विषयमा अडान कायमै रहेको र शुक्रबार बिहान सभाध्यक्षसँग छलफल भई अगाडि बढ्ने विषयमा धारणा बनाइने छ ।

संविधानसभाको बैठकले भट्टराई नेतृत्वको समितिलाई बिहीबारसम्म संविधानका अन्तर्वस्तुमा सहमति गर्न र सहमति हुन नसकेका विषयमा प्रश्नावली बनाएर संविधानसभामा प्रतिवेदन पेस गर्न निर्देशन दिएको थियो ।

गोप्य छलफलमा नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल तथा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र डा भट्टराई छलफलमा हुनुहुन्छ ।

सङ्घीयता, शासकीय स्वरूप तथा निर्वाचन र न्याय प्रणालीका विषयमा दलबीच सहमति नजुट्दा संविधान लेखन अगाडि बढ्न सकेको छैन ।