काठमाडौं, ३० असोज । पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यले मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा अकस्मात् आएको हिमपहिरोमा परी एकसयजना हराइरहेको हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ ।
व्यवस्थापिका–संसद्को बिहीबारको बैठकमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले हिमपहिरोमा परेकाहरुको उद्धारका लागि आपत्कालीन नियन्त्रण केन्द्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खडा गरी उद्धार कार्य भइरहेको जानकारी दिनुभयो ।
उहाँका अनुुसार उद्धारका लागि पाँचवटा हेलिकप्टर सम्बन्धित क्षेत्रमा परिचालन गरिएका र केही हेलिकप्टर तयारी अवस्थामा राखिएका छन् ।
अहिलेसम्म हिमपहिरोमा परी मृत्यु भएका १९ जनाको शव फेला पारिएको र १४ जना घाइतेको उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।
















प्रतिक्रिया